शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकको २१५ औं वित्तीय साक्षरता कार्यक्रम

मङ्गलबार, ०३ पुस २०७५, १६ : १४
मङ्गलबार, ०३ पुस २०७५

काठमाडौं–मुक्तिनाथ विकास बैंक लिमिटेडले “आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता”  भन्ने मुल आशयले २१५ औं वित्तीय साक्षरता कार्यक्रम सत्यनारायण माध्यमिक विद्यालय विराटनगरमा सम्पन्न गरेको छ ।

विगतमा कार्यक्षेत्र भित्रका स्थानियहरुलाई (महिला र पुरुष) यस कार्यक्रममा सहभागी गराउँदै आएको बैंकले गत आर्थिक वर्ष देखि विद्यार्थीहरुमा  समेत  वित्तीय साक्षरता कार्यक्रम अभियानको रुपमा सञ्चालन गरेको हो ।

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग, सफा नोट सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ ।

विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ ? भन्ने पनि कार्यक्रमको विषयवस्तुमा समावेश गरिएको थियो । बैंकले हालसम्म २१५ स्थानमा करीब ४० हजार जना स्थानीय तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी गराइसकेको छ । 

बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत वित्तीय साक्षरता अभिबृद्धि कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्दै आएको छ । आगामी दिनमा कार्यक्षेत्र भित्रमा व्यापक रुपमा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने योजना बनाएको बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप