महासमिति सदस्यलाई काँग्रेसको विधान भोलि दिइने
काठमाडौं– माइक खोसाखोसपछि रोकिएको काँग्रेस महासमिति बैठक सुरु भएको छ । नुवाकोटाका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले बोल्न खोज्दा सहमहामन्त्री डा. प्रकाशरण महतले माइक खोसेपछि विवाद हुँदा मंगलबार बिहान बैठक अवरुद्ध भएको थियो ।
मंगलबार ३ बजे पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति सदस्यको माग जायज भएको भन्दै विधान छाप्ने काम भइरहेकाले भोलि उपलब्ध हुने जानकारी दिएपछि बैठक सुरु भएको हो । बैठकमा विधान मस्यौदा बाहेकका अन्य प्रतिवेदनमाथि केन्द्रीत रहेर छलफल भइरहेको काँग्रेस नेता गगन थापाले जानकारी दिए ।
यसैबीच प्रस्तावित पार्टीको विधानमा सहमति खोज्ने काँग्रेस शीर्ष नेताहरुको प्रयास आजपनि विफल भएको छ । केन्द्रीय समितिमा कति पदाधिकारी राख्ने र उनीहरुको निर्वाचन पद्धति कस्तो हुने भन्नेमा काँग्रेसमा विवाद बढेपछि महासमिति बैठकमा विधान पेश हुन सकेको छैन ।
मंगलबार बिहानैबाट काँग्रेस संसदीय दलको कार्यालयमा शीर्ष नेताहरु छलफलमा जुटेपनि अपरान्ह पौने तीनबजेसम्म पनि सहमति नभएपछि नेताहरु पुन महासमिति बैठकस्थलमा फर्केका छन् ।
छलफलमा सहभागि काँग्रेस नेता अर्जुननरसिंह केसीका अनुसार ११ सदस्यीय पदाधिकारी रहने विषयमा सहमति नजिक पुगेपनि निर्वाचन पद्धतिका बारेमा सहमति हुन सकेको छ्रैन । केसीले सहमतिका लागि केहीबेरपछि पुन छलफल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
म्यान्मामा विस्थापितहरूको सङ्ख्या ३० लाख : राष्ट्रसङ्घ
-
सन्दीप लामिछाने समर्थकको माइतीघरमा प्रदर्शन, तस्बिरहरू
-
एन्फामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी
-
मातातीर्थ औँसीको महिमा
-
‘माधवको पार्टी फुट्छ, रविमाथि कारबाही हुनासाथ सरकार ढल्छ’