बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिरहामा चिसोले जनजीवन कष्टकर

मङ्गलबार, ०३ पुस २०७५, १५ : ३३
मङ्गलबार, ०३ पुस २०७५

लहान– विगत दुई दिनदेखि अचानक बढेको चिसोले यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । एक्कासी बढेको चिसो र शितलहरका कारण सिरहा जिल्लाको अस्पतालमा बिरामीको चाप बढेको छ । 

बाक्लो हुस्सु र चिसो हावाले रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । 

दुधे बालकदेखि ६० बर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन् । पछिल्ला दुई दिनयता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निकै पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या ह्वात्तै घटेको छ । चिसोले बिरामी परेका दैनिक करीब २० देखि २५ सम्म उपचारका लागि आउने गरेको सिरहा जिल्ला अस्पालका चिकित्सकले बताएका छन् । दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्ने सर्वसधारण पनि प्रभावित भएका छन् । बढेको चिसोको कारण न्यानो कपडा पसलमा भीड लाग्न थालेको देखिएको छ । सर्वसधारण आगो तापेर बस्न थालेका छन् । 

चिसोको कारण जनजीवन तथा सर्वसाधारण गरीब, विपन्न बस्तीका चोकमा आगोको व्यवस्थाका लागि दाउरा नगरपालिका, डिभिजन वन कार्यालय सिरहा तथा सम्बन्धित सरोकारवालालाई परिपत्र गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप