शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय पहिचान बनाउँदै अभिनेता सन्दीप

बुधबार, ११ साउन २०७४, २० : ५३
बुधबार, ११ साउन २०७४

काठमाडौं– सन्दीप पोखरेल सन् २०१५ का मिष्टर नेपाल बिजेता हुन् । तीस बढी प्रतियोगीलाई पछि पार्दै उपाधि बिजेता बनेका उनको करियरको ढोका यसै प्रतियोगीताले खोल्यो ।

प्रतियोगीताको शिर्ष बिजेता भएकै कारणले उनले अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘म्यान अफ द इयर २०१६’ नेपालको प्रतिनिधित्व गर्ने अवसर  समेत पाए । नेपालका बिभिन्न कलासंस्कृतिसहित प्रतियोगीतामा सहभागी उनले सो स्पर्धाबाट ‘म्यान अफ द इयर मोष्ट्रि र मेसोलोजी पिपुल्स च्वाइस अवार्ड’ पनि नेपाल भित्र्याउन सफल भए ।

२०१५ बाटै नाटक अभिनयमा होमिएका उनी सेक्सपियरको पुरानो नाटक ‘हेमलेट’ पफमेन्सको लागि लन्डनमा आयोजित एक फेष्टिवलमा समेत सहभागी भए ।
एक दर्जन बढि फेसन सोमा शो टपरको रुपमा सहभागी उनी अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता आयोजना गर्ने संस्था एभेटर इन्टरनेसनलको सिइयो समेत हुन् ।

दर्जनौ सौदर्य प्रतियोगीताको निर्णायक रहेको अनुभव भएका उनले ‘कमाण्र्य’ चलचित्रमा मुख्य नायकको भुमिका समेत निर्बाह गरेका थिए । अहिले डबिङ भइरहेको चलचित्र ‘तिमि हुन्छौ जहाँ जहाँ’मा पनि उनी मुख्य अभिनेताको भुमिकामा छन् । ५ अन्तराष्ट्रिय सौदर्य प्रतियोगीताका नेपाल निर्देशक उनी अभिनयबाट देश बिदेशमा चिनिन चाहन्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप