शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्समा नेपाली झण्डा फहराउँदै एनआरएनए फ्रान्सको ग्रीष्मकालीन भ्रमण

बुधबार, ११ साउन २०७४, २० : ४६
बुधबार, ११ साउन २०७४

एनआरएनए फ्रान्सको आयोजनामा ग्रीष्मकालीन भ्रमण सम्पन्न भएको छ । नेपाल भू–परिवेष्टिक देश भएकोले नेपाली समुदायलाई समुन्द्रकोबारे केही ज्ञान अभिवृद्धि र मनोरन्जन गराउने उद्देश्यले संघको स्थापनादेखि नै वार्षिक ग्रीष्मकालीन भ्रमणको आयोजना गरिँदै आएको हो ।

सामुन्द्रिक भ्रमण पेरिसबाट झण्डै २१० कि मी पश्चिमतर्फ पर्ने plage d'étretat  सामुन्द्रिक प्लाजको भ्रमण गत २३ जुलाई २०१७ आईतबारको दिन धेरै उत्साह पूर्वकका साथ सम्पन्न भएको एनआरएनए फ्रान्सले जनाएको छ ।

भ्रमणका लागि आयोजक एनआरएनए फ्रान्सले लगभग १८० जनाको लागि तीन वटा आरामदायी ठूला वसको व्यवस्था गरेको थियो । हातमा नेपाली झण्डा, संघको व्यानर र मादल बोकेको दृश्य र वातावरण निकै मनमोहक थियो । 

सहभागीहरूबीच परिचित गर्ने, नेपाल र फ्रान्सको समसामयिक विषयहरूमा विचार आदानप्रदान गर्ने र लोकदोहोरी, टुक्का गीत, कविता वाचन जस्ता मनोरन्जनात्मक कार्यक्रमहरू यात्राकै क्रममा भएका थिए । 

भ्रमणमा सहभागी हुनेहरूमा संघका प्रमुख संरक्षक हरिहर अर्याल, भूपू कोषाध्यक्ष कृष्ण अधिकारि, फ्रान्सका लागी आईसीसी सदस्य मीनबहादुर जीसी, एनसीसीका  वरिष्ठ उपाध्यक्ष सूर्वण हमाल, उपाध्यक्ष एकबहादुर मल्ल, महासचिव नरेन्द्र शाही, महिला प्रतिनिधि सदस्य गीता थापा, सदस्य अनिता शाक्य, सदस्य चेतभक्त ढुंगाना, सदस्य पार्वती मल्ल, सदस्य आनन्द खनाल लगायत रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप