मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

घुसलिँदै गरेका सहायक सहकारी निरीक्षक पक्राउ

बुधबार, ११ साउन २०७४, २० : ३२
बुधबार, ११ साउन २०७४

लहान – सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहाको लहानस्थित सहकारी डिभिजन कार्यालयका सहायक सहकारी निरीक्षक सुवास गड्तौलालाई पक्राउ गरेको छ । 

आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक रमेश बस्नेतको नेतृत्वमा खटिएको टोलीले सहकारी दर्ताका नाममा सेवाग्राहीसँग रु १५ हजार घुस लिँदै गरेका गड्तौलालाई पक्राउ गरेको हो । 

राजविराजस्थित योग्य महिला कृषि सहकारी संस्था राजविराज नपा ११ निवासी प्रतिभा यादवसँग कार्यालयका कर्मचारीले विगत दुई महिनादेखि रकम माग्दै आएको र उनकै उजुरीका आधारमा गड्तौलालाई पक्राउ गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप