संसदीय दलको नेतामा मुख्यमन्त्री शाही
सुर्खेत — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको नेतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चयन भएका छन् ।
सोमबार प्रदेश राजधानी सुर्खेतमा बसेको नेकपा संसदीय दलको बैठकबाट मुख्यमन्त्री शाही संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।
नेकपा कर्णाली प्रदेश सह इञ्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद आचार्यसहित बसेको बैठकले शाहीलाई संसदीय दलको नेतामा चयन गरेको प्रदेशसभा सदस्य गोपाल शर्माले जानकारी दिए ।
यसअघि नेकपा एमालेको संसदीय दलको नेतामा प्रदेशसभा सदस्य यामलाल कँडेल र नेकपा माओवादी केन्द्र को संसदीय दलको नेतामा मुख्यमन्त्री शाही थिए । पार्टी एकीकरणपछि लामो समय संसदीय दलको नेताविहीन नेकपा कर्णाली प्रदेशले निरन्तरको छलफल र बैठकपछि वैधानिक रुपमा पुस २ गतेदेखि संसदीय दलको नेता पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ