शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लोकमानविरुद्ध महाभियोग दर्ता गराएका शाहीको ऊर्जामन्त्री बनेपछि यस्तो प्रतिवद्धता

बुधबार, ११ साउन २०७४, २० : ००
बुधबार, ११ साउन २०७४

काठमाडौं– नवनियुक्त ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले मुलुकमा लोडसेडिङमुक्त गर्न आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
 
मन्त्री शाहीले विद्युत चुहावट न्यूनिकरण गर्दै लैजाने योजना पनि सुनाए । बुधबार अपरान्ह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले मुलुकलाई समृद्ध बनाउने मुख्य आधार ऊर्जा भएको उल्लेख गर्दै त्यसको विकासमा आफूले सक्दो पहल गर्ने पनि बताए । 

नवनियुक्त ऊर्जामन्त्री शाहीले मुलुकको मुख्य–मुख्य सहरमा लोडसेडिङ मुक्त हुँदै गएको र अव अरु शहरहरुमा पनि त्यसलाई निरन्तरता दिन पहल गर्ने पनि स्पष्ट पारे ।

 नवनियुक्त मन्त्री शाही अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान प्रमुख लोकमानसिह कार्की विरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि चर्चामा आएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप