शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ईपीएल विजेतालाई २५ लाख

सोमबार, ०२ पुस २०७५, २१ : २२
सोमबार, ०२ पुस २०७५

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीलाई २५ लाख रुपैयाँ प्रदान गरिने भएको छ । आयोजकले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विजेतालाई २५ लाख र उप विजेता टोलीलाई १० लाख रुपैयाँ प्रदान गरिने जानकारी गराएको छ । 

समूह चरणका खेल सकिएपछि मात्र पुरस्कार राशी घोषणा गरेको हो । उत्कृष्ट बलर, ब्याट्सम्यान, उदयमान खेलाडीले पाउने पुरस्कार राशीबारे विज्ञप्तिमा खुलाएको छैन । 

म्यान अफ द सिरीजलाई अपाचे आरटीआर एक सय ६० फोर भि मोटरसाइकल प्रदान गरिने बताईएको छ । ईपीएलको समूह चरणको खेल सकिदा चितवन टाइगर्स, भैरहवा ग्ल्याडीयटर्स, काठमाडौं किंग्स–११र ललितपुर प्याट्रीयट्सले अघिल्लो चरणमा स्थान सुरक्षित गरेका छन् । 

साविक विजेता विराटनगर वारीयर्स र पोखरा राइनोज समुह चरणबाटै बाहिरिएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप