शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हवाई आक्रमणमा ६२ जना मारिए

सोमबार, ०२ पुस २०७५, २१ : १६
सोमबार, ०२ पुस २०७५

मोगादिसु । मोगादिसुमा गत हप्ताभर भएका छ हवाई आक्रमणमा परी कम्तीमा ६२ जना लडाकू मारिएका छन् । 

राजधानी मोगादिसुदेखि दक्षिणपश्चिमी क्षेत्रमा भएको आक्रमणमा परी अल शबाबका लडाकूहरु मारिएको अमेरिकी सेनाले सोमबार जनाएको छ । 

अमेरिका अफ्रिाका कमाण्डले पछिल्लो घटनामा सर्वसाधारण भने कोही नमारिएको दावी गरेको छ । 

गान्डार्सेमा अल शबाबका लडाकूहरुलाई लक्षित गरी शनिबार गरिएको चार ओटा हवाई आक्रमणमा ३४ जना मारिएका थिए । 

त्यसैगरी आईतबार भएको आक्रमणमा अरु २८ जना मारिएका थिए । आइतबार दुई ओटा हवाई आक्रमण भएको अधिकारीहरुले जनाएका छन् । 

गान्डार्से सहर राजधानी मोगादिसु र मार्काको बीचमा पर्ने सानो तटिय सहर हो । त्यस सहरलाई आतङ्कवादी समूहले राजधानी आक्रमण गर्ने आश्रयस्थलको रुपमा प्रयोग गर्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप