शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोकाकोलाको नयाँ अफर ‘‘बिर्को खोलौं–क्यास जितौं’’

बुधबार, ११ साउन २०७४, १९ : २३
बुधबार, ११ साउन २०७४

काठमाडौं – कोका–कोलाले नेपालमा नयाँ अफर बिर्को खोलौं क्यास जितौं संचालन गरिरहेको छ । यहि असार २३ गतेदेखि शुरु भएको यो अफर आगामी भदौ २२ गतेसम्म संचालन हुने वा स्टक रहुन्जेलसम्म लागू हुनेछ । 

यो अफर कोका–कोला, फान्टा अरेन्ज र स्प्राइटको प्रत्येक २सय ५० मिलिलिटरको फिर्ता हुने शिसा बोतलको खरिदमा लागू छ, जसमा रु. १ देखि रु. १०० सम्मका पुरस्कारहरु जित्न सकिन्छ ।

रु. १ देखि रु. १०० सम्मको पुरस्कार रकम कोका–कोला, फान्टा अरेन्ज र स्प्राइटको २५० मिलिलिटरको बोतलमा रहेको सुनौलो बिर्कोको मुनी लेखिएको छ । र उपभोक्ताहरुले पुरस्कार परेको सुनौलो बिर्को साटेर रिटेलरहरुबाट तत्काल नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप