बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अशोक लेलैण्डको सर्भिस  सुविधा विस्तार हुदै

बुधबार, ११ साउन २०७४, १९ : १२
बुधबार, ११ साउन २०७४

काठमाडौं –नेपालको लागि अशोक लेलैण्डको आधिकारीक विक्रेता आइएमई. मोर्टस्ले नेपालको पुर्व मेचिदेखि पश्चिम महाकालीसम्म प्रत्येक मुख्य शहरहरुमा अत्याधुनिक सुविधा सम्पन्न वर्कशपहरु खोली दक्ष र तालिम प्राप्त सर्भिस टिम मार्फत अशोक लेलैण्ड गाडीहरुलाई बिक्री पछिको सेवा सेवा विस्तार गरेको छ ।
यसै कुरालाई ध्यानमा राखि आइएमई मोर्टस्ले सर्भिस भ्यानहरु देश भर संञ्चालनमा ल्याईसकेको छ । 


यसका साथै नेपालमा नै नौलो र पहिलो पटक सर्भिस बाईकहरु पनि संञ्चालनमा ल्याएको छ अब उप्रान्त कुनै पनि स्थानमा अशोक लेलैण्डका गाडीहरुमा समस्या आएमा तुरुन्त सेवादिन सकिने छ ।

सर्भिस बाईकको प्रयोग भए सगै अशोक लेलैण्डको बिक्री पछिको सेवालाई थप राम्रो, छिटो र सरल बनाएको जानकारी कम्पनीले दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप