टोखामा ६ महिनाकी गर्भवती महिलाको हत्या, ४ जना पक्राउ
काठमाडौं । प्रहरीले टोखा नगरपालिका–८ मिलनटोलकी २३ वर्षीया अजिता मल्ल शाहीको हत्या अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।
अजितालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले चार जनालाई आज नियन्त्रणमा लिएको हो ।
मुगु टोरु गाउँपालिका–८ घर स्थायी भएकी अजिताको आइतबार राति मुख थुनी घाँटी थिचेर हत्या भएको थियो । उनी आफ्नै कोठमा मृत फेला परेकी थिइन्।
हत्या गरिएकी मृतक अजिता मल्ल शाही ।
आफूमाथि सौता हालेको र खानलाउन नदिएको रिसले धर्मराज शाहीकी जेठी श्रीमती (विष्णुमाया)ले कान्छी श्रीमती (अजिता) को हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् ।
हत्या आरोपमा विष्णुमायासँगै उनकी बहिनी २६ वर्षीया भगवती मल्ल, भदा २१ वर्षीय गण्डिपराज मल्ल र गण्डिपराजकी प्रेमिका २३ वर्षीय रीता केसी पक्राउ परेका छन् ।
मृतक अजिता ६ महिनाको गर्भवती थिइन् । उनीहरु सबैले अजिताको हत्या गरेको स्वीकार गरेको महाशाखाका प्रहरी नायब उपरिक्षक रविन कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा