बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिभिल बैंक र अजोड इन्स्योरेन्सबीच सम्झौता

सोमबार, ०२ पुस २०७५, १८ : ३७
सोमबार, ०२ पुस २०७५

काठमाडौं–सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरे ।

अब अजोड इन्स्योरेन्सका वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । 

सिभिल बैंकले यस अघि पनि जीवन वीमा कम्पनिहरु मेटलाइफ, एल.आई.सी. नेपाल, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स, यूनियन लाईफ इन्स्योरेन्स र सूर्या लाईफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवन वीमा कम्पनिहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप