नेकपा बैठकमा ‘९ भाइ’ले गरे ओली–प्रचण्डको आलोचना, बचाउमा मन्त्री मात्रै !
काठमाडौं– शनिबारदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा सोमबारबाट सदस्यहरुले धारणा राख्न सुरु गरेका छन् ।
सोमबारको बैठकमा १० स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका छन् । बोल्नेमध्ये अधिकांश नेताहरु नेतृत्व (अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड) विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
बैठकमा बोल्ने क्रममा नेता घनश्याम भुसालले पार्टीमा नश्लवाद हावी भएको भन्दै सरकार र नेतृत्वको कडा आलोचना गरे । उनले पार्टी नेतृत्वको कार्यशैली र व्यवहार सच्चिनुपर्नेमा जोड दिँदै त्यसो हुन नसके पार्टीलाई ठूलो नोक्सान पुग्ने खतरा औंल्याए ।
बैठकमा सहभागि एक नेताका अनुसार नेता हरिबोल गजुरेल र अग्निप्रसाद सापकोटा नेतृत्वको सवालमा केही नरम जस्तो देखिएपनि सरकारको ‘परफर्मेन्स’को सवालमा भने खुलेर विरोधमा उत्रिएका थिए । उनीहरुले नेतृत्वले आत्मआलोचना गर्दै पार्टीलाई एकजुट भएर अघि बढाउन पहल गरिनुपर्नेमा जोड दिएका थिए ।
यस्तै नेता बामदेव गौतम आफैंले पूरक प्रस्तावको रुपमा बैठकमा पेस गरेको प्रतिवेदनको व्याख्यामा केन्द्रीत रहेका थिए । उनको प्रतिवेदनमा नेतृत्वको कडा आलोचनासहित पार्टीलाई गति दिन बुँदागत सुझाव दिइएको छ ।
हेर्नुहोस् वामदेवको फरक मतको पूर्णपाठ
यस्तै बैठकमा युवराज ज्ञवाली, मुकुन्द न्यौपाने गणेश साह, वेदुराम भुषाल र अष्ठलक्ष्मी शाक्यले पनि सरकारको कार्यशैलीको कडा रुपमा आलोचना गरेको बैठकमा सहभागि ती नेताले जानकारी दिए ।
‘बैठकमा बोल्ने शक्ति बस्नेत बाहेकका सदस्यहरुले दुई अध्यक्षले पेश गर्नुभएको प्रतिवेदनमा असन्तुटि जनाउनु भएको छ । पार्टी एकलौटी बनाएको, विधि र प्रक्रियाअनुसार पार्टी नचलेको जस्ता गुनासो र आक्रोश उहाँहरुको थियो’ ती नेताले भने, ‘सरकारको समेत नेतृत्व गरिरहेको नाताले ओली प्रति असन्तुष्टि बढी देखियो ।’
बैठकमा बोल्ने नेताहरुले गौतमको पूरक प्रस्ताव समग्रमा सही भएपनि बढी नकारात्मक रहेको र सबै विषयलाई नकारात्मक रुपमा पनि लिन नहुने धारणा राखेका थिए ।
आजको बैठकमा ९ नेताहरु पार्टी नेतृत्व र सरकारको आलोचनामा एकमत हुँदा मन्त्रीसमेत रहेका नेता शक्ति बस्नेत भने बचाउमा देखिएका थिए ।
उनले पार्टी नेतृत्वको सरकारले विस्तारै बाटो लिँदै गरेको भन्दै यसैलाई लिएर आलोचना गरिहाल्नु हतार हुने धारणा राखेका थिए ।
अर्को बैठक मंगलबार बिहान ८ देखि ११ बजेसम्म फेरि बस्ने छ ।
यसैबीच आजको बैठकको समापनमा अध्यक्ष ओलीले छोटो मन्तब्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा