शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन क्षेत्र निर्धारण आयोगले थाल्यो औपचारिक काम ( भिडियो सहित)

बुधबार, ११ साउन २०७४, १८ : ३०
बुधबार, ११ साउन २०७४

काठमाडौं – प्रदेश र संघको निर्वाचनका लागि अत्यावश्यक पक्षका रुपमा रहेको निर्वाचन क्षेत्र निर्धारणको औपचारिक थालनी भएको छ । सरकारले हालै गठन गरेको निर्वाचन क्षेत्र निर्धारण आयोगले काठमाडौंको सिंहदरबार स्थित कार्यालयबाट औपचारिक रुपमा काम थालेको आयोगका प्रवक्ता गणेशराज कार्कीले जानकारी दिए । 
संविधानको धारा २ सय ८६ को उपधारा १० बमोजिम आयोगले आफ्नो कार्य विधी आफैँले बनाउनुपर्ने व्यवस्था अनुसार सपथ ग्रहण पछिको ३ दिनमा कार्यविधी निर्माण गरेर औपचारिक काम थालेको उनले बताए । 


गत साउन ८ गते आयोगका पदाधिकारीहरुले सपथ लिएका थिए । आयोगलाई सरकारले २१ दिनको समय दिएको छ । सरकारले दिएको तिन साताभित्र काम सक्ने योजनाका साथ कार्यविधी बनाएर काम गरिरहेको आयोगका प्रवक्ता कार्कीले जानकारी दिए । संविधानको धारा ५३ को ३, धारा ८४ को १, धारा १ सय ७६ को १ र धारा २८६ को ५ बारे स्पष्ट हुनुपर्ने भएकोले विज्ञहरुसँग छलफल गरि काम थालनी भएको प्रवक्ता कार्कीले जानकारी दिए । 


आयोगले बनाएको कार्यविधीमा कर्मचारी व्यवस्था, सम्पूर्ण तथ्याङ्क व्यवस्थापन, राजनीतिक दल, स्थानीय र सरोकारवालासँग अन्र्तक्रिया गर्ने लगायतका  व्यवस्था गरिएको छ । यस्तै बढि जनघनत्व भएको विभिन्न प्रदेशका मुख्य शहरहरुमा अन्र्तक्रिया गर्ने लगायतका कार्ययोजना बनाइएको छ । 


सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिस कमलनारायण दासको अध्यक्षतामा गठित आयोगमा बेगेन्द्र शर्मा पौडेल सदस्य सचिव रहेका छन् भने गणेशराज कार्की, माधव अधिकारी, डा. विश्वकल्याण पराजुली सदस्य रहेका छन् । सवैंधानिक व्यवस्था अनुसार हाल कायम २ सय ४० निर्वाचन क्षेत्रलाई आयोगले १ सय ६५ निर्वाचन क्षेत्र कायम गर्नेछन् । 


सिंहदरबार स्थित राष्ट्रिय पुनर्निमाण प्राधिकरणको ‘प्रिफ्याव’ हाउसमा आयोगको  कार्यालय स्थापना गरीएको छ । 
आयोगले कसरी काम गर्दैछ ?

हेर्नुहोस आयोगका प्रवक्ता गणेशराज कार्कीसँगको भिडियो वार्ता : 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप