शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

युनाइटेड सिमेन्टबारे राजमिस्त्री तथा ठेकेदारलाई जानकारी प्रदान

सोमबार, ०२ पुस २०७५, १३ : २४
सोमबार, ०२ पुस २०७५

काठमाण्डौं– के.एल. दुगड ग्रुपअन्तर्गत युनाइटेड सिमेन्टले गण्डकी र धौलागिरीको विभिन्न स्थानमा राजमिस्त्री तथा ठेकेदारलाई समावेश गरि अन्तरक्रिया गरेको छ । गोरखा, डुम्रे, खैरेनीटार तथा दुलेगौंडा, पोखरा तथा लेखनाथ, र वाग्लुङ गरि विभिन्न स्थानमा सो कार्यक्रम गरिएको उद्योगका क्षेत्रीय बजार प्रतिनीधि हेमलाल श्रेष्ठले जानकारी गराएका छन् । 

राजमिस्त्री तथा ठेकेदारको निर्माण सम्बन्धि कुनै पनि कार्यमा निकै नै ठूलो भूमिका तथा जिम्मेवारी रहने कारणले गर्दा उनीहरुमा सिमेन्ट सम्बन्धि राम्रो ज्ञान हुनुपर्ने साथै भुकम्प प्रतिरोधात्मक निर्माण तथा रेट्रोफिटिङ सम्बन्धि जानकारी हुनुपर्ने अति आवश्यक देखिएकोले यो किसिमको जानकारीमूलक कार्यक्रम गरेको श्रेष्ठले जनाएका छन् ।

नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त युनाइटेड सिमेन्ट उच्च गुणस्तर र आङ्खना ग्राहकहरुप्रतिको सकारात्मक सोचका कारण छोटो समयमा गुणस्तरीय सिमेन्टको रुपमा चिनिन सफल भएको कम्पनीको दावी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप