शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकता घोषणासभामा किन गइनन् रन्जु दर्शना ?

बुधबार, ११ साउन २०७४, १८ : ११
बुधबार, ११ साउन २०७४

काठमाडौं– विवेकशील र साझा पार्टीबीचको एकता घोषणा कार्यक्रममा  रञ्जु दर्शना अनुपस्थित रहेकी छन् ।  विवेकशील पार्टीकी एक आकर्षक उनी कार्यक्रममा उपस्थित नहुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । 
यद्यपी पार्टी एकतापछि बनेको विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा  उनको नाम समावेश गरिएको छ ।  
विवेकशीलको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर एकाएक चर्चामा आएकी उनले २३ हजार बढी भोट समेत ल्याएकी थिइन् । 
नयाँ बानेश्वरमा भएको पार्टी घोषणा कार्यक्रममा उनको अनुपस्थितिको विषयमा बुझ्न खोज्दा दर्शनाले फोन उठाइनन् भने पुन: सम्पर्क गर्दा  मोबाइल स्वीच्ड अफ गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप