शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व चर्चित गायिका सकिरालाई ट्याक्स चोरीको आरोप

सोमबार, ०२ पुस २०७५, १२ : २८
सोमबार, ०२ पुस २०७५

एजेन्सी – विश्व चर्चित गायिका सकिरालाई ट्याक्स  चोरीको आरोप लागेको छ । स्पेनका वकिलले सकिरालाई  १४.५ मिलियन युरो ट्याक्स चोरी गरेको आरोप लगाएका हुन् ।

सकिराा २०१५ मा स्पेनको बार्सिलोनामा आएर बसेकी थिइन् । २०१२ देखि २०१४ को समयमा पनि उनी स्पेनमा रहेको वकिलको भनाई रहेको छ । वकिलको भनाई अनुसार यो दुई वर्षमा सकिराले आम्दानीको ट्याक्स स्पेनमा तिर्नु पर्ने हो तर तिरेकी छैनन् ।

यस विषयमा सकिराबाट आधिकारीक धारण आउन बाँकी छ । । तर उनका नजिक मानिएका व्यक्तिले यो आरोप गलत भएको बताउँदै आएका छन् । जुन समयको कुरा उठाइएको छ । सो समय शकीरा स्पेनमा नभएको उनका नजिकका व्यक्तिले बताएका छन् ।

‘२०१२–१४ को समयमा सकिरा आफ्नो प्रेमी फुटबलर गेरार्ड पिकेका साथ स्पेनमै थिइन्’ वकिलको दाबी छ । ‘कामका कारण कहिले काँही बाहिर जान्थिन् ।’ यस विषयमा प्रमाणको आधारमा अदालतले फैसला गर्नेछ ।

स्पेनमा किन ट्याक्स ?

स्पेनको नियम अनुसार यदि कोही व्यक्ति ६ महिनादेखि १ वर्षसम्म बसोबास गर्छ भने उसले ट्याक्स तिनुपर्छ । केही समययता ट्याक्स चोरीको मामलामा स्पेनमा केही हाइप्रोफाइल व्यक्तिका नाम बाहिर आएका छन् ।

गत सेप्टेम्बरमा रियल म्याड्रिडका डिफेन्ड मार्सेलोलाई ट्याक्स चोरीको आरोप लागेको थियो । जसका कारण उनलाई चार महिना जेल सजाय समेत सुनाइयो ।

मार्सेलोको अलवा मेसी, नेमार, क्रिस्टियानो रोनाल्डोमाथि  पनि ट्याक्स चोरीका आरोप लागिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप