बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इपिएलः विराटनगरलाई जित्नै पर्ने दबाब

सोमबार, ०२ पुस २०७५, ११ : ५९
सोमबार, ०२ पुस २०७५

काठमाडौँ – एभरेष्ट प्रिमियर लिग (इपिएल) को समूह चरणको अन्तिम खेलमा आज विराटनगर वारियर्स र काठमाडौँ किङ्ग्स–११ खेल्दैछन् । 

कीर्तिपुरस्थित त्रिवी मैदानामा हुने उक्त खेलमा प्ले अफमा स्थान बनाउन विराटनगर जित्नैपर्ने दबाबमा छ । 

काठमाडौँले पहिलो खेलमा चितवनलाई ६ विकेटले जितेको थियो भने दोस्रो खेलमा ललितपुरसँग १० विकेटले पराजित भएको थियो । 

यस्तै तेस्रो खेलमा पोखरालाई पाँच विकेटले तथा चौथो खेलमा भैरहवा ग्ल्याडियटर्सलाई सात विकेटले हराउँदै प्ले अफमा स्थान बनाएको थियो । 

विराटनगरले पहिलो खेलमा ललितपुरलाई तीन विकेटले दोस्रो खेलमा पोखरा राइनोजलाई सुपर ओभरमा हराएको थियो । 

तेस्रो खेलमा भैरहवासँग चार विकेट र चितवनसँग पाँच रनको झिनो अन्तरले पराजित भएको विराटनगरलाई अघिल्लो चरणको यात्रा कठिन भएको छ । 

ललितपुर, काठमाडौँ र भैरहवा यसअघि नै प्ले अफमा पुगिसकेका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप