शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बस र हायस चेकजाँचका क्रममा भेटियो ठूलो परिणाममा लागू औषध

सोमबार, ०२ पुस २०७५, ११ : ५५
सोमबार, ०२ पुस २०७५

बर्दिबास –प्रहरीले  सोमबार बिहान महोत्तरीको बर्दिबासमा  दुई सवारी साधनबाट ठूलो परिणामा लागू औषध बरामद गरेको छ । 

प्रहरीले सवारी चेकजाँचका क्रममा बा ५ ख ६८१९ नम्बरको राजविराजबाट काठमाण्डौं जाँदै गरेको हायस गाडीबाट डि लेक्स डिसि( सिरब ) ६ सय एम एल को सय बोत्तल  र नाइट्रोभेट ट्याब्लेट  ६ सय पिस बरामद गरेको छ ।

त्यसैगरी बा ३ ख ७४६८ नम्बरको कटारीबाट काठमाण्डौ जाँदै गरेको यात्रुवाहक बस बाट डि लेक्स डिसि १ सय एम एलको २९ बोत्तल र आधा लिटर को ३ वटा ड्युको बोत्तलमा लुकाई राखेको  ६ सय एम एल को डिलेक्स डिसि (सिरब)  लागूऔषध पक्राउ गरिएको बर्दिबास प्रहरीले जनाएको छ ।

हायस गाडीमा  लागु औषध लैजाँदै गरेका सिराहको विष्णुपूर गाँउपालिका वडा नं —१ घर भएका २५ वर्षीय अमर कुमार शर्मा (ठाकुर) पक्राउ परेका छन् भने बसमा लागु  औषध लुकाएर ल्याउने  अभियुक्त फरार रहेको बर्दिबास प्रहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जनाएका छन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप