बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिख दंगाको ३४ वर्षपछि पूर्व कंग्रेस सांसदलाई जन्मकैदको सजाय

सोमबार, ०२ पुस २०७५, ११ : ४९
सोमबार, ०२ पुस २०७५

नयाँ दिल्ली । दिल्ली हाइकोर्टले काँग्रेसका पूर्व कंग्रेस सांसद सज्जन कुमारलाई सन् १९८४ को सिख दंगा मामिलामा दोषी ठहर गरेको छ ।

३४ वर्षपछि आएको यस फैसलामा सज्जन कुमारलाई जन्मकैदको सजाय सुनाइएको छ । साथै अदालतले उनलाई पाँच लाख भारु जरिवाना पनि गरेको छ ।

अदालतले सज्जन कुमारलाई ३१ डिसेम्बरसम्म आत्मसमर्पण गर्न आदेश दिएको छ ।

अप्रिल २०१३ मा दिल्लीको तल्लो अदालतले सन् १९८४ को सिखबिरोधी दंगाको दौरान दिल्लीको छावनी क्षेत्रमा पाँच सिखको हत्या मामिलामा सज्जन कुमारलाई सबै आरोपबाट सफाई दिएको थियो ।
यस फैसलाबिरुद्ध केन्द्रीय जाँच ब्युरो सीबीआईले दिल्ली हाइकोर्टमा अपिल गरेको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार न्यायाधीशद्वय एस मुरलीधर र विनोद गोयलले यस मामिलाको सुनवाई २९ अक्टुबरमै पूरा गरेका थिए र फैसला सुरक्षित राखेका थिए ।

के हो सज्जन कुमार मामिला ?
सन् १९८४, ३१ अक्टुबरमा तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीलाई उनको सुरक्षाकर्मीले हत्या गरेपछि सिख विरोधी दंगा भड्किएको थियो ।

यो मामिला त्यही दंगाका दौरान दिल्लीको छावनी क्षेत्रमा पाँच सिख व्यक्तिहरुको हत्यासँग जोडिएको छ ।

दिल्लीको राजनगरमा केहर सिंह, गुरप्रीत सिंह, रघुविन्दर सिंह, नरेन्द्र पाल सिंह र कुलदीप सिंहको हत्या गरिएको थियो ।

यसमा उजुरीकर्ता तथा प्रत्यक्षदर्शी जगदीश कौर केहर सिंहकी पत्नी र गुरप्रीत सिंहकी आमा थिइन् ।

न्यायधीश जीटी नानावती आयोगको सिफारिसपछि सन् २००५ मा सज्जन कुमार र अन्य अभियुक्तविरुद्ध मुद्दा दर्ज गरेका थिए ।

सीबीआईले अभियुक्तविरुद्ध जनवरी २०१० मा दुई चार्जसिट दायर गरेको थियो ।

यसअघि दिल्ली प्रहरीले दङ्गाको जाँच गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप