बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सभापति देउवा उपस्थित नहुँदा बैठक बस्न सकेन

सोमबार, ०२ पुस २०७५, ०६ : ००
सोमबार, ०२ पुस २०७५

काठमाडौँ– विधान संशोधन मस्यौदामा देखिएको विवाद सुल्झाउन विहान ९ बजेलाई बोलाएको काँग्रेस केन्द्रीय कार्यसमिति बैठक अहिलेसम्म बस्न सकेको छैन ।
 

पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्ने भनिएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा ११ बजेसम्म पनि आइनपुगेका कारण बैठक बस्न नसकेको  पार्टीका  उपसभापति विमलेन्द्र निधिले रातोपाटीलाई जानकारी दिए । 

उनका अनुसार अर्का उपसभापति विजयकुमार गच्छदारसँग सभापति देउवा आन्तरिक छलफलमा रहेकाले समयमा बैठकमा उपस्थित हुन नसकेका हुन् । 

उनले भने,‘पदाधिकारीका विषयमा आइतबार साँझ बसेको बैठकबाट सहमतिमा पुगेका छौँ । आज बस्ने बैठकले विधानमा देखिएका विमतिको हल गर्छ ।’

उनका अनुसार आइतबार साँझ बसेको बैठकमा पदाधिकारीमा सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्ष राख्न दुबै पक्ष सहमत भएका हुन् ।

बैठकमा पदाधिकारीको निर्वाचन पद्धतिमा भने सहमित जुट्न सकेको छैन । ‘८ पदाधिकारीमध्ये सभापति, एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र कोषाध्यक्षको प्रत्यक्ष  निर्वाचनबाट आउनु पर्ने र बाँकी तीन जना केन्द्रीय समितिले निर्वाचित गर्नुपर्ने हामीले मत राखेका छौँ’, उपभापति निधिले भने । 

उनका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट आठै जना पदाधिकारी प्रत्यक्ष निर्वाचनबाटै छानिनुपर्ने मत रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप