सेयर लगानीकर्ताहरु आजदेखि आमरण अनशनमा
काठमाडौं–सेयर लगानीकर्ताहरुको दवाव समूहले अर्थमन्त्रालयले गठन गरेको उच्चस्तरीय अध्ययन समितिले अल्मल्याउन खोजेको भन्दै पुस २ गतेबाट आमरण अनसन शुरु गरेका छन् । मंसिर २० गते गठन भएको समितिको मंसिर २८ गते प्रतिवेदन बुझाउने म्याद थियो ।
सो समयमा पनि ठोस कदम नचाली लगानीकर्ता झुक्याउने काम भएको भन्दै आमरण अनशन शुरु गरेका हुन् । दबाव समुहबाट हरि ढकाल र तिलक कोइराला अनसनमा बस्ने तयारी छ । समूहले नेप्से र ब्रोकरलाई समेत आमरण अनसनको औपचारीक जानकारी गराइसकेको छ ।
अहिलेको परिस्थतिबाट लगानीकर्ता मात्र नभइ सेयर दलालपनि समस्यामा परेको दबाव मुलक समुहको ठहर छ । ५० ब्रोकर कम्पनीमध्ये मुस्किलले १० ब्रोकरले मात्र आफ्नो खर्च धान्न सकेको र यहि अवस्था आइरहे कम्पनी चल्नै नसक्ने अवस्थामा रहेको दबावमुलक समुहले जनाएको छ ।
मुद्रा र पुँजी बजारमा देखिएको समस्या समाधानका लागि अर्थमन्त्रालयले गठने गरेको उच्चस्तरीय समितिले यसै साता प्रतिवेदन पेश गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लम्जुङबाट ‘भाइरल गोर्खे’को छायांकन सुरु
-
केटाको परिवारले होटलको ढोका ढकढक्याए, भित्रबाट सुनियो बच्चा रोएको आवाज
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल
-
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
-
जलवायु परिवर्तनबाट हिमाल जोगाउनका लागि कतारलाई राष्ट्रपतिको आग्रह
-
चिया निर्यात रोकिएपछि उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण, व्यापार सम्झौता पुरा नगरेको आरोप