शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिला बेचबिखनमा संलग्न दुईजना प्रहरीको फन्दामा

सोमबार, ०२ पुस २०७५, १० : ५३
सोमबार, ०२ पुस २०७५

बुटवल–नवलपरासी पश्चिममा महिला बेचबिखनमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले महिला बेचबिखनमा संलग्न गैडाकोट नगरपालिका १७ बस्ने निसा बोटे र नवलपरासी पश्चिम बर्दघाट नगरपालिका ६ बस्ने जीवन बिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई मानव बेचबिखन तथा ओसार पसार मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्ष बीरेद्र थापाले जानकारी दिए ।

थापाका अनुसार नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउपालिका एकको  सीमा महेशपुरबाट माइती नेपालको सहयोगमा दुई महिलाको उद्धार गरिएको थियो ।उनीहरुले दिएको जाहेरीको आधारमा बोटे र बिकलाई पक्राउ गरिएको हो । उनीहरुले ती महिलालाई वैदेशिक रोजगारीमा लगाउने प्रलोभन देखाएर भारतमा बेचबिखनका लागि लैजान लागेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप