शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘जिस्म २’ को छायाँकन सकियो

सोमबार, ०२ पुस २०७५, १० : ४५
सोमबार, ०२ पुस २०७५

काठमाडौं – सुचिन्द्र परियारको निर्देशन रहेको चलचित्र ‘जिस्म २’को छायाँकन सकिएको छ । निर्देशक राजु गिरीको  ब्यानरमा निर्माण भएको चलचित्र ‘जिस्म –२’ को ४८ दिनमा छायाँकन सकिएको हो । 

हिटको मात्र सिक्वेल बन्ने चलन बिपरित गिरीले ब्यबसायिक रुपमा असफल चलचित्र ‘जिस्म’को सिक्वेल निर्माण गरेका हुन् । 

रमेश विश्वकर्मा, नमिता खड्का, रेजिना भण्डारी, सुरबीर पण्डित, शारदा गिरी, मदन सिटौला, सुधन धिताल, रिचर्ड रसाईली, प्रज्वल भित्रीकोटी, सुचिन्द्र परियार, रोशन थापा लगायतको अभिनय चलचित्रमा रहनेछ । 

योगेश काजी र लक्ष्मण पौड़ेलको संगति रहेको चलचित्रमा द्वन्द अशोक खड्काको रहेको छ । राजेन्द्र बिकको निर्माणमा बनेको चलचित्र चैत्रको अन्तिम साताबाट प्रदर्शनमा आउने निर्माण युनिटले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप