मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

थापा बनिन् ‘लिटल स्टार’

सोमबार, ०२ पुस २०७५, १० : ४३
सोमबार, ०२ पुस २०७५

काठमाडौं – सिद्धी मिडिया प्रालीको आयोजना रहेको ‘नेपाल्स लिटल स्टार २०१८’को उपाधि प्राश्ना थापाले जितेकी छन् । उनले शीर्ष उपाधिका साथमा मस्ट ब्यूटीफूल तथा बेष्ट डान्सको उपाधि समेत हात पारेकी हुन् । 

प्रतियोगीतामा आदर्श ठाकुरले फष्ट रनरअपका साथमा मस्टपपुलर, मस्ट कन्फिडेण्ट र मल्टिमिडिया च्वाईस उपाधि जित्दा जुवान तामाङले सेकेण्ड रनरअपका साथै मस्टह्यान्डसम उपाधि हात पारिन् । 
कार्यक्रममा लुनिभा महर्जनले थर्ड रनरअप र मस्टट्यालेन्ट, बेष्ट पर्सनालिटि उपाधि जित्न सफल भइन् । 

बालबालिकाहरुको व्यक्तित्व बिकाश गर्दै उनिहरु भित्र भएको प्रतिभालाई निखार्ने उदेश्यले आयोजित प्रतियोगीतामा  समाजसेवी कृष्ण देबकोटा, कलाकार नितु कोइराला, संगीतकार रेखा पौडेल, कलाकार युवराज केसरी, सुर्य चन्त लगायत निर्णायक रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप