शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘बेक्जिटका कारण जर्मन औद्योगिक आपूर्तिमा समस्या आउने’ : प्रतिवेदन

बुधबार, ११ साउन २०७४, १८ : ०३
बुधबार, ११ साउन २०७४

बर्लिन (जर्मनी) बेलायतको यूरोपियन यूनियन (इयू)बाट बहिर्गमन हुने चर्चासँगै जर्मनीमा रहेका उद्योगबाट अन्तर्राष्ट्रिय आपूर्तिमा समस्या आउने मङ्गलबार प्रकाशन भएको कोलोग्नी इन्ष्टिच्युट फर इकोनोमिक रिसर्च (आइडब्लु)द्वारा प्रतिवेदनमा बताइएको छ । 

वर्तमान जटिल आपूर्ति संयन्त्र ब्रक्जिटसँगै तोडिने अवस्था उद्योगका लागि खरावखालको परिवेश हुनसक्ने, प्रतिवेदन तयार पार्न प्रमुख भूमिका खेल्नुभएका बर्थवल्र्ड बुशले बताइन् । 

हरेक उद्योगका निजी हिस्साहरू उद्योगको उत्पादनको अन्तिम स्वरूपमा जोडिनु पहिले कैंयौ राष्ट्रिय सीमाना पार गर्ने र इयूको एकताले क्षेत्रीय उद्योगको सम्बन्ध दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको प्रतिवेदनको ठहर छ । 

सन् २०१४ मा बेलायती फर्म तथा कम्पनीले झण्डै दुई खर्व अमेरिकी डलर बराबरको प्रारम्भिक सामग्री इयू सदस्य राष्ट्रमा आपूर्ति गर्ने गरेको र यसमध्ये ३६ अर्व जर्मनीमा मात्र जाने गरेको बताउदै यस्तो सहकार्य अव खतरामा परेको छ । 

यदि स्वतन्त्र व्यापार सम्झौता नहुने हो भन जर्मनीको औद्योगिक क्षेत्र नराम्रोसँग प्रभावित हुँने बुशको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप