बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विनोद खन्नाकी जेठी श्रीमती एवं अक्षय खन्नाकी आमा गिताञ्जलीको निधन

सोमबार, ०२ पुस २०७५, ०९ : ३३
सोमबार, ०२ पुस २०७५

बलिउडका दिवंगत अभिनेता र सांसद विनोद खन्नाकी पहिलो श्रीमती गिताञ्जलीको शनिबार राती निधन भएको छ । उनी ७० वर्षकी थिइन् । अक्षय र राहुल खन्ना गिताञ्जलीका छोरा हुन् । उनले महाराष्ट्रको रायगढको मांडवास्थित फार्म हाउसमा अन्तिम सास फरिन् । आइतबार उनको अन्तिम संस्कार गरियो ।

स्रोतका अनुसार गिताञ्जली आफ्ना छोरासँग शनिबार बिहान करिब ११ बजे फार्म हाउस गएकी थिइन् । दिउँसो उनलाई असहज महसुस भयो । राती उनको स्वास्थ्य अचानक बिग्रिएपछि अक्षय र राहुलले उनलाई फार्म हाउसबाट करिब २० किलोमिटर टाढा अलिबाग सिभिल अस्पताल पुर्याए जहाँ डाक्टरले उनलाई मृत घोषित गरे ।

बाल्यकालका साथी थिए विनोद र गिताञ्जलीः

विनोद खन्ना र गिताञ्जली दुबै बाल्यकालका साथी थिए र स्कूले जीवनदेखि नै एक–अर्कालाई प्रेम गर्दथे । सन् १९७१ मा विनोद खन्नाले गिताञ्जलीसँग विवाह गरेका थिए । तर विवाहको १४ वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो । ओशोसँग सम्पर्कमा आएपछि यी दुईको सम्बन्धविच्छेद भएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप