शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानमा २६ सैनिक मारिए

बुधबार, ११ साउन २०७४, १७ : ५३
बुधबार, ११ साउन २०७४

कान्दाहार – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा तालिबानको आक्रमणमा परी कम्तीमा पनि २६ जना सैनिक मारिएको समाचार छ । 

कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिबानहरुले मङ्गलबार रातभर आक्रमण गरेका थिए । त्यहाँ ठूलो सङ्ख्यामा सैनिक मारिएको अनुमान स्थानीय समाचार स्रोतले गरेको थियो । 

अफगानिस्तानको रक्षा मन्त्रालयलाई उद्धृतगर्दै दिइएको पछिल्लो समाचारमा सो आक्रमणमा परी २६ जना सैनिक मारिएका र अरु १३ जना घाइते भएका छन् । 

उक्त मन्त्रालयले सो आक्रमण भीषण रहेको र घटनास्थलमा थप सुरक्षा बल पुगेर अनुसन्धान थालेकोले हताहतको पूर्ण विवरण केही समयमा आउने कान्दाहारका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप