शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘बिन्दास लाइफ’को यस्तो छ पहिलो गीत

बुधबार, ११ साउन २०७४, १७ : ५२
बुधबार, ११ साउन २०७४

काठमाडौं – चलचित्र ‘विन्दास लाइफ’को पहिलो गीत रिलिज गरिएको छ । सार्वजनिक रोमान्टीक गीतमा दुई युवाले नायिका सपना लामिछाने रोमान्स गरेका छन् । 
अभिनेता प्रथम खड्का र चिरन अधिकारीको साथमा अभिनेत्री सपना लामिछाने गतिमा देखिएका छन् । 
शान्ति प्रियको शब्द, अर्जुन पोखरेलको संगीत तथा दुर्गा खरेल र के बस्नेतको स्वर रहेको चलचित्र राजु गिरी प्रोडक्शनको प्रस्तुतिमा निर्माण भएको हो । 
‘विन्दास लाइफ’ लभ स्टोरी चलचित्र हो । सृजना बरालको कोरियोग्राफी रहेको गीतलाई युट्युवमा हेर्ने दर्शकले राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।
चलचित्र ११ पुसमा रिलिज गरिने निर्माण युनिटले जनाएको छ । रामेश्वर हुँमागाईको छायांकन, राजिन भूजेलको पटकथा तथा संवाद र सुवास देवकोटाको सम्पादन चलचित्रमा छ । शंकर गिरी, काजल गिरी र रिया गिरी चलचित्रका निर्माता हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप