बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

संजयको ‘भूमि’मा सन्नीको ‘ट्रिप्पी ट्रिप्पी’ आइटम

बुधबार, ११ साउन २०७४, १७ : ५३
बुधबार, ११ साउन २०७४

 
मुम्बई – अभिनेता शाहरुख खानको चलचित्र ‘रईस’को आइट भर्खर सकाएकी अभिनेत्री सन्नी लियोनी संजय दत्तको चलचित्र ‘भुमि’को आइटममा समेत देखिने भएकी छन् । दत्तको चलचित्र ‘भुमि’को ‘ट्रिप्पी ट्रिप्पी’ गीतमा उनले आइट नृत्य फाइनल भएको छ । 
गीत संगीतकार सचिन र जिगरले तयार पारेका हुन् ,भने गीतमा शब्द प्रिया सरैयाको रहेको छ । यो गीतमा सन्नीको कोरियोग्राफी गणेश आचार्यले गर्दैछन् ।
आइटका लागि केही पहिले देखि रियलसल गरिरहेकी सन्नीले निर्देशक उमंग कुमार र गणेशको साथ काम गर्न लागेको बताइन् । उनले भनिन् ‘गणेशले मलाई कठिन स्टेफ दिएका छन् ।’ गीतमा युवा बर्गले आनन्द लिने खालको धुन रहेको समेत उनले सुनाइन् । 
केही दिन पहिले चलचित्रको पोष्टर रिलिज भएको थियो । संजयका फ्यान  ट्रेलरको प्रतिक्षामा छन् । अदिति राव हैदरी चलचित्रको मुख्य अभिनेत्री हुन् ।
जेल सजायबाट मुक्त भएका संजयको त्यसपछिको यो पहिलो चलचित्र हो । संजय पछिल्लो समय पिकेमा देखिएका थिए । चलचित्रका निर्देशक उमंग कुमार रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप