शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नरायणी डेभलपमेन्ट बैंकको सर्वसाधारण शेयर स्वामित्व ४९ प्रतिशत पुग्यो

आइतबार, ०१ पुस २०७५, १९ : २१
आइतबार, ०१ पुस २०७५

चितवन–नारायणी डेभलपमेन्ट बैंकले संस्थापक शेयर स्वामित्वलाई ७० प्रतिशतबाट ५१ प्रतिशतमा ल्याउने र सर्वसाधारण शेयर स्वामित्व ३० प्रतिशतबाट ४९ प्रतिशत पुर्याउने निर्णय गरेको छ । बैंकको आर्थिक बर्ष २०७३/७४ र ७४/७५ को आफ्नो सोह्रौ र सत्रौ बार्षिक साधारण सभाले शेयर संरचना परिवर्तन गरि उक्त निर्णय गरेको हो । 

बिद्यमान नयाँ संचालक समितिको गठन पश्चात करिव नौ महिनाको अवधिमा बिगतमा सम्पन्न हुन नसकेका सात आर्थिक वर्षका सबै साधारण सभाहरु यही साधारण सभा सगंसगैं बैंकले सम्पन्न गरेको जनाएको छ । बैंक संचालक समितिका अध्यक्ष पशुपति पौडेलको अध्यक्षतामा चितवनमा सम्पन्न उक्त साधारण सभाले संचालक समितिका अध्यक्षद्धारा प्रस्तुत संचालक समितिको प्रतिवेदन पारित गरि आर्थिक बर्ष २०७५/७६ को लेखापरिक्षण गर्न लेखापरिक्षक नियुक्त गरेको छ ।

सभामा प्रस्तुत बिशेष प्रस्ताव अन्तर्गत  नेपाल राष्ट्र बैंकको निर्देशानुसार न्युनतम चुक्ता पूँजी पुर्याउन पूँजी बृद्धि गर्ने प्रस्ताव र प्रबन्ध पत्र तथा नियमावलीमा शंसोधन गर्ने प्रस्ताव समेत सर्व सम्मतले पारित गरेको छ ।

बैंकमा बिद्यमान संचालक समितिले बैंकको अवस्थालाई सुधार गरी बित्तीय सुचकांकहरु क्रमशः सकारात्मक बनाउँदै लगेको पनि जनाएको छ । बैंकको पूँजीकोष हिसाब पर्याप्तता सँगै नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त वित्तीय संस्थाको सुचिवाट फुकुवा गरिदिन नेपाल राष्ट्र बैंकमा निवेदन दिई फुकुवाको पर्खाईमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप