शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा टेवा पुग्ने संचारमन्त्रीको विश्वास

आइतबार, ०१ पुस २०७५, १८ : ३६
आइतबार, ०१ पुस २०७५

काभ्रे–सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बेथानचोक लगायत देशका अन्य गाँउपालिकाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताएका छन् ।

ग्लोबल आइएमई बैंक लिमिटेडले काभ्रेको बेथानचोकमा विस्तार गरेको शाखा कार्यालयको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले दुर्गम स्थानमा बैंकहरुले आफ्नो सेवा विस्तार गरेर जनतालाई बैंकिङ्ग सुविधा दिन आग्रह गरे । 

कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ्ग पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्देश्य रहेको बताए । 

काभ्रे जिल्लाको बेथानचोक र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्देश्यले शाखा खोलिएको बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप