मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंक र स्टार हस्पिटलबीच सम्झौता

आइतबार, ०१ पुस २०७५, १८ : ११
आइतबार, ०१ पुस २०७५

काठमाडौं–ज्योति विकास बैंक र स्टार हस्पिटलबीच सहकार्य गर्नेबारे सम्झौता भएको छ ।

बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सो सम्झौतामा बैंकका तर्फबाट नायव महाप्रबन्धक शुसिल कुमार शर्मा र अस्पतालका तर्फबाट  सि.ओ.ओ. डा. सन्देश जिसीबीच हस्ताक्षर भयो ।

ग्राहकहरुले बैंकको एटीएम कार्ड देखाएर र कर्मचारीहरुले बैंकको आइडेन्टीटी कार्ड देखाएर यो सुविधा लिन सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप