शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकका ग्राहकलाई चिरायू अस्पतालमा उपचार गराउँदा १५% सम्म छुट

आइतबार, ०१ पुस २०७५, १८ : ०२
आइतबार, ०१ पुस २०७५

काठमाडौं–हिमालयन बैंक लिमिटेड र चिरायू अस्पतालबीच उक्त अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार चिरायू अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ % सम्म छुट प्रदान गर्ने छ ।

उक्त सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र चिरायू अस्पतालका तर्फबाट संचालक चण्डेश्वरा नन्द राज वैद्यले हस्ताक्षर गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप