बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

डिभिजन सहकारीका कर्मचारी घुससहित रंगेहात पक्राउ

बुधबार, ११ साउन २०७४, १७ : ४५
बुधबार, ११ साउन २०७४

सिरहा–अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सहकारी डिभिजन कार्यालय लहानका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । सहकारी संस्था दर्ता गराउन आएका सेवाग्राही सप्तरीको राजविराज नपा ११ का प्रतिमा यादवसँग नगद १५ हजार लिइरहेको अवस्थामा अख्तियारले सहायक सहकारी निरिक्षक सुवास गड्तौलाई नियन्त्रण लिएको हो । 

अख्तियार टोलीले गड्तौलालाई सेवाग्राहीसँग लिएको रकम सहित नियन्त्रणमा लिएको जनाएको छ । टोलीमै रहेका अख्तियारका प्रबक्ता रमेश वस्नेतले विशेष सुचनाको आधारमा सहकारी डिभिजन कायालयका गडतौलालाई नगद सहित नियन्त्रमा लिएको जनाएको छ । 

आवश्यक प्रकृया पुरा गरी थप अनुसन्धानको लागि गड्तौलाई इटहरी लागने तयारी भईरेको जनाएको छ । सहकारी दर्ता गराउन एकमहिना भन्दा बढी समयदेखि धाएपनि योग्य महिला कृषि सहकारी संस्थाका प्रतिमा यादवले आफ्नो संस्था दर्ता हुन नसेकेको बताईन् । 

उनले एक महिनाभन्दा बढी समय धाउँदा पनि कहिले यो मिलेन, कहिले त्यो मिलेन भन्दै कार्यलयले फर्काउँदै आएको जनाइन । पछिमात्र १५ हजार लाग्ने भनेपछि आफूले आज सुवेदीको हातमा रकम दिएको यादवले बताइन् । १५ हजार भन्दा एक रुपैयाँ पनि कम रकम ल्याय संस्था दर्ता नहुने भन्दै १५ हजार नै ल्याउन दवाव दिएको यादवले बताईन् । 

आफ्नो संस्था दर्ता गर्न किन ढिलाई भएको भनी कार्यालय प्रमुख रामप्रसाद सुवेदीसँग गुनासो गर्दा उनले पनि तल गडतौलाजीसँग कुरा गर्नुस् त्यही बाट सवैथाक हुने भन्दै फर्काएको बताइन् । यता कार्यालय प्रमुखले भने आफूसंग लेनदेनको विषयमा कुनै कुराकानी नभएको बताए । उनले केही कागजातहरु न्मिलेकाले मिलाएर ल्याउनु भनेको हो, त्यसरी रकम नै ल्याउन भनेर बनेको थिइन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप