बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा दोहोरो अंकको बृद्धि

आइतबार, ०१ पुस २०७५, १७ : १७
आइतबार, ०१ पुस २०७५

काठमाडौं–साताको पहिलो दिन अर्थात पुष महिनाको १ गते सेयर बजारमा हरियाली देखिएको छ । बजार दोहोरो अंकले बढेको छ भने झण्डै आधा अर्बको सेयर कारोबार भएको छ । 

लामो समयदेखि ओरालो लागेको सेयर बजारमा सुधार देखिएको छ । १८.८९ अंकले बढेको बजारमा ४७ करोड ४२ लाख १६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारमा १५९ कमपनी सामेल भएका छन् । आज उत्पादन तथा प्रशोधन बाहेक सबै समुहमा सुधार आएको छ । सबैभन्दा बढी निर्जिवन बिमा कमपनी १६७.२१ अंकले बढेको छ । जीवन बिमा तर्फ १३३.३७ अंकले बढेको छ । माइक्रोफाइनान्स तर्फ ३७.५२ अंकले बढेको छ भने होटल समुह ३०.३८ अंकले बढेको छ । सबै समुहमा बढोत्तरी छ । 

यस दिन सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंकको ५ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यता नेपाल बैंकको ५ करोड ३२ लाख ७२ हजार रुपैयाँको सेयर कारोबार भएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप