शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देवले ल्याए सरोजको सान्नानी (भिडियोसहित)

आइतबार, ०१ पुस २०७५, १५ : १२
आइतबार, ०१ पुस २०७५

    काठमाडौं–सरोज कोइरालाको स्वरमा रहेको “सान्नानी” बोलको गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ ।

 विन्ध्यबासिनी म्युजिकले २०७० सालमा नै बजारमा ल्याएको उनको एकल गितीएल्बम “सगुन” मा रहेको यो गीतको भिडियो चलचित्र निर्देशक देव नेपालले बनाएका हुन् । 

नेपाल डोल्पामा खिचिएको प्रदर्शोन्मुख चलचित्र “म्हेन्दु” का निदेशक हुन् । भिडियोमा उनको निर्देशनमा रमेश सोडारी र सिमन दाहालको अभिनय हेर्न पाइन्छ । सोडारी पनि “म्हेन्दु” का नायक हुन् ।

झापाकी स्थानीय सिमनले यसअघि पनि त्यहाँ बनेका केहि भिडियोमा काम गरिसकेकी छिन् । 

 भिडियोमा इलामस्थित चिया प्mयाक्ट्रि, कन्याम र श्रीअन्तुका साथै झापाका केहि स्थानका दृष्य हेर्न पाइन्छ । 

गीतमा लोकप्रिय संगीतकार सुरेश अधिकारीको शब्द÷संगीत छ । फणिन्द्र राईले यसमा संगीत संयोजन गरेका छन् ।

 टेलिभिजनकर्मीका रुपमा परिचित सरोज कोइराला पछिल्लो समय गीत÷संगीतमा पनि सक्रिय छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप