शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गणेशराज पोखरेललाई

आइतबार, ०१ पुस २०७५, १४ : ५५
आइतबार, ०१ पुस २०७५

काठमाडौं – सिटिजन्स बैंक इन्टनेशनलले नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

बैंकको संचालक समितिको २८३ औं वैठकले वैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको कार्यकाल यही पौष १६ गते समाप्त हुने भएको र उनी पौष १ गतेवाट विदामा बस्ने भएकाले अर्को व्यवस्था नभए सम्मका लागि वैंकमा कार्यरत नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको जनाएको छ ।

साथै बैंकले सेवा निवृत प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको विगतको लामो समयको बैंकिङ्ग अनुभव र कार्यदक्षतालाई बैंकले सदुपयोग गर्ने गरि यही पौष १७ गतेवाट लागु हुने गरि वैंकको संचालक समितिको प्रमुख सल्लाहकारमा नियुक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप