शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्रालयमा लालशंकरको इन्ट्री, शिशिर ढुङ्गानाको सरुवा

आइतबार, ०१ पुस २०७५, १४ : ५५
आइतबार, ०१ पुस २०७५

काठमाडौं–अर्थमन्त्रालयको राजस्व सचिवमा लालशंकर घिमिरेको इन्ट्री भएको छ । हालका सचिव शिशिर ढुंगानाको सरुवा भएपछि घिमिरे आएका हुन् । 

यसअघि घिमिरे प्रधानमन्त्री कार्यालयमा थिए । ढुंगाना अर्थमन्त्रालयमा लामो समयदेखि राजस्व सचिवका रुपमा कार्यरत थिए । 

यसअघि पनि अर्थमन्त्रालयकै वैदेशिक आर्थिक सहायता समन्वय महाशाखामा कार्यरत घिमिरे तत्कालिन अर्थमन्त्री वर्षमान पुनको पालामा सरुवामा परेका थिए । 

ढुंगाना सोमबारदेखि प्रधानमन्त्री कार्यालयमा जानेछन् । उनले सरुवाको पत्र प्राप्त गरिसकेको बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप