बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नास्टमा जनशक्ति अभाव

आइतबार, ०१ पुस २०७५, १२ : ३७
आइतबार, ०१ पुस २०७५

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा जनशक्ति अभावले सञ्चालित कार्यक्रम प्रभावित भएका छन् । नेपालमा विज्ञान र प्रविधिका विविध क्षेत्रमा अध्ययन र अनुसन्धान गर्ने उक्त संस्थामा लामो समयदेखि नियुक्ति प्रक्रिया अबरुद्ध हुँदा कर्मचारीको अभाव भोग्नुपरेको हो । 

नास्टले केही वर्ष पहिलेदेखि शुरु गरेको भूकम्पीय सूचना प्रणाली कार्यक्रमका साथै सञ्चालन भइरहेका अरु कार्यक्रमका लागि पनि जनशक्तिको अभाव भइरहेको प्रविधि सङ्कायका प्रमुख इञ्जिनियर डा.प्रसाद ढकालले बताए । प्रादेशिक संरचनाअनुसार हरेक प्रदेशमा एक/एक शाखा खोल्ने लक्ष्य नास्टको छ । उनले भने, ‘तर त्यसका लागि पर्याप्त जनशक्तिको खाँचो पर्छ ।’ 

नास्ट आफैँले सेवा आयोगमार्फत कर्मचारी नियुक्ति गर्न नमिल्ने भएकाले पनि यहाँ कर्मचारीको अभाव भएको हो । लोकसेवा आयोगको प्रक्रिया बमोजिम कर्मचारी नियुक्ति गर्दा समय लाग्ने भएकाले पहिले नास्ट आफैँले करारमा कर्मचारी नियुक्ति गर्दै आएको थियो । प्रविधि सङ्कायमा अहिले झण्डै २५ कार्यरत छन् । 

बीस जनासम्म कर्मचारी थप भए काम गर्न सहज हुने उल्लेख गर्दै उनले एक त देशभरमा नै प्राविधिक जनशक्ति पर्याप्त नहुनु र भएका पनि अध्ययनका लागि विदेश जाँदा यहाँ जनशक्ति अभाव रहेको प्रमुख ढकालले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप