शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

आइतबार, ०१ पुस २०७५, १२ : ३२
आइतबार, ०१ पुस २०७५

भीमदत्तनगर– कञ्चनपुरको वेदकोट नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको सव–स्टेशनमा करेन्ट लागेर आज बिहान एक कर्मचारीको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार करेन्ट लागेर भीमदत्तनगरपालिका–१९ बागफाँटा घर भई हाल विद्युत् सव–स्टेशनमा कार्यरत चन्द्रदेव भट्टको मृत्यु भएको छ । 

घटनालाई प्रहरीले आशङ्का व्यक्त गर्दै प्रारम्भिक अनुसन्धानका लागि तीन जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । मृतकका आफन्त र स्थानीयवासीले भट्टको मृत्यु शङ्कास्पद भएको भन्दै पूर्व–पश्चिम राजमार्गको लालपुर खण्डमा अवरोध पुर्याउनुका साथै शव उठाउन दिएका छैनन् । 

विगत आठ वर्षदेखि सुरक्षागार्डका रूपमा त्यहाँ कार्यरत मृतक भट्टले आज घटना हुनुअघि बिहान सव–स्टेशनका प्रमुख कमलसिंह स्वारसँग बसेर चिया खाएको स्थानीयवासी चिया पसल सञ्चालक नरेन्द्र साउदले जानकारी दिए । स्थिति तनावपूर्ण बन्ने देखिएपछि लालपुरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप