बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डर्टमन्डको अपराजित यात्रा कायमै, ब्रेमेन २–१ ले पराजित

आइतबार, ०१ पुस २०७५, १० : ३७
आइतबार, ०१ पुस २०७५

एजेन्सी–बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगमा उपाधि दौड बलियो बनाउँदै लगेको छ । लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको डर्टमन्डले शनिबार राती वेर्डेर ब्रेमेनलाई २–१ गोलले हरायो ।

घरेलु मैदानमा डर्टमन्डलाई जित दिलाउन पाको अल्कासेरले १९औं र मार्को रेउसले २७औं मिनेटमा गोल गरे । ब्रेमेनका लागि म्याक्स क्रुसेले ३५औं मिनेटमा एक गोल फर्काएका थिए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।

जितसँगै डर्टमन्डल आफ्नो शीर्ष स्थान थप पकड बनाएको छ । डर्टमन्डले १५ खेलबाट ३९ अंक जोडेको छ । डर्टमन्ड दोस्रो र तेस्रो स्थानमा रहेका बोरुसिया मोन्चेनग्लाडवाच र बायर्न म्युनिखभन्दा नौ अंकले अगाडी छ ।

शनिबार रातिनै भएको अर्को खेलमा साविक विजेता बायर्न म्युनिखले ह्यानोभरलाई ४–० गोलले हरायो । 
एकपक्षीय खेलमा बायर्नका लागि जोसुवा किम्मिचले खेल सुरुभएको पहिलो मिनेटमै खाता खोलेका थिए । दोस्रो गोल डेभिड आल्बाले २९औं मिनेटमा गरे । सर्जे गन्ब्रीले ५३औं र रोबर्टो लेवान्डोस्कीले ६२औं मिनेटमा एक एक गोल थपेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप