शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शैक्षिक संस्थाहरुलाई उपयोगी पोर्टल उद्घाटन

बुधबार, ११ साउन २०७४, १७ : १७
बुधबार, ११ साउन २०७४

काठमाडौं–शैक्षिक संस्थाहरुलाई उपयोगी ठानिएको ईशिक्षा पोटल एक समारोहबीच प्रभु बैकका प्रमुख कार्यकारी अधिकुत अशोक शेरचनले उद्घाटन गरेका छन् । 
शैक्षिक संस्थाहरुलाई प्रसाशनिक, आर्थिक, शैक्षिक तथा अन्य ब्यवस्थापकिय कार्यहरुलाई ई शिक्षा पोर्टल फलदायी हुने  विस्वास लिइएको छ । 


पोर्टल भारत स्थीत ई शिक्षा कम्पनीले निर्माण गरी ५०० भन्दा बढी भारतीय शैक्षिक संस्थाहरुले प्रयोग गर्दै आईरहेको उक्त ई शिक्षा प्रणाली एवं कागज रहित संरचनाको विकास गरी सम्पुर्ण स्कुल तथा कलेजलाई आधुनीकिकरण गर्नुका साथै अभिभावक तथा विद्यार्थीहरुलाई सम्पुर्ण कार्य अनुगमन गर्न ई शिक्षा लाभदायीक हुने विश्वासका साथ प्रभु ग्रुपले सामाजीक उत्तरदायित्व अन्तरगत रहेर यो कार्य नेपालमा  अघि बढाएको जनाएको छ । 


विद्यार्थी, यातायात, पुस्तकालय, होमवर्क, वित्तिय विवरण, हाजीरी, परिक्षा, परामशर्, बिज्ञापन, अनलाइन जाँच, लगायतका सुविधा एवं चौविसै घण्टा तथा सातैदिन प्रभुको संजालबाट शुल्क संकलन, ई बैकिङ एवं रुपैया कार्ड बाट तिर्न मिल्ने एवं अभिभावकले यसबारे घरैबाट अनुगमन गर्नुका साथै चाहिए अनुसारको सुचना सम्पे्रष गर्न सक्ने जनाइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप