केदारनाथ ५० करोडतर्फ, २.० को कमाई अब यति करोड पुग्यो
रजनीकान्त र अक्षय कुमारको फिल्म २.० को हिन्दी भर्सनले आफ्नो रिलिजको १६ औं दिनमा भारु एक सय ९७ करोड बढीको कमाई गरेको छ । शंकरको निर्देशनमा बनेको यो फिल्मले १६ औं दिन बक्स अफिसमा एक करोड ५० लाख भारु थप गर्दै एक सय ७९ करोड २५ लाख भारुको कमाई गरेका ेछ ।
फिल्म यो विकेन्डपछि दुई सय करोडमा पुग्ने सम्भावना छ । शंकरको निर्देशनम बनेको रोबोट/इन्थिरनको यो दोस्रो भाग नोभेम्बर २९ तारिखमा मूल तामिल फिल्मसँगै हिन्दी र तेलुगुको डब संस्करण संसारभरी १० हजारबढी स्क्रिनमा रिलिज गरियो । यो फिल्मले अहिलेसम्म भारु सात सय १० करोड ९८ लाखको कलेक्सन गरेको छ । यो कमाई विश्वभरीबाट भएको हो ।
यस्तै, अभिषेक कपुरको निर्देशनमा बनेको केदारनाथले बक्स अफिसमा यो शुक्रबार दुई करोड ५० लाख भारुको कलेक्सन गर्यो । अब फिल्मको कूल कमाई ४४ करोड ९५ लाख भारु पुगेको छ । फिल्म यो विकेन्डपछि ५० करोडसम्म पुग्ने आशा गरिएको छ । फिल्मले सात करोड २५ लाख भारुको ओपनिङ पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा