शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेरेमोनियल राष्ट्रपति क्रमशः सुविधाभोगी बन्दैः डेढ अर्ब खर्चेर  हेलिकप्टर खरिद

आइतबार, ०१ पुस २०७५, ०८ : ३९
आइतबार, ०१ पुस २०७५

काठमाडौँ – सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

मन्त्रिपरिषद् बैठकबाट स्वीकृकत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सीट क्षमताको ‘अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद गरेको हो । 

सेरेमोनियल राष्ट्रपति क्रमशः सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला सरकारले उनलाई थप विवादमा तान्नेगरी २४ सै घण्टा स्टयाण्डबाइ रहनेगरी महँगो हरिकप्टर खरिद गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप