शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेइजिङमा गोदाम खोल्न विलम्ब गर्दै ‘क्यानाडा गुस’

शनिबार, २९ मङ्सिर २०७५, २० : ५९
शनिबार, २९ मङ्सिर २०७५

बेइजिङ । क्यानाडाको सुप्रसिद्ध कपडा ब्राण्ड, ‘क्यानाडा गुस’ ले बेइजिङमा बिस्तार गर्ने तयारीमा रहेको भनिएको आफ्नो भण्डारलाई क्यानाडा र चीनबीच देखिएको कूटनीतिक विवादले विलम्ब गराउने जनाएको छ । 

लामो प्रकारको क्यानाडेली ज्याकेटका लागि प्रसिद्ध ‘क्यानाडा गुस’ ले भनेको छ, ‘बजारलाई विस्तार गर्न बेइजिङमा खोलिने भण्डारगृह स्थापनाका लागि कामहरू भइरहेकाले योजना अनुसार कपडा स्टोरको तत्काल शुरु गर्न कठिनाई भएको छ ।’ 

क्यानडा गुसका बजार व्यवस्थापन विभागले चिनियाँ सामाजिक सञ्जाल वैवोमा शुक्रबार उल्लेख गरेको छ, ‘हामीले तपाईहरूलाई यो कुरा बताउँदा धेरै दुःख लागेको छ कि बेइजिङ सानलिटन भण्डारण गृह, जसलाई शनिबार अर्थात् डिसेम्बर १५ मा स्थापना गर्ने योजना थियो, केही मर्मतसम्बन्धी कामहरू नसकिएकाले तत्कालका लागि स्थगित गर्ने निर्णय भएको छ ।’  

स्टोरको बाहिरपट्टी पसलका झ्यालहरू तथा कम्पनीको प्रतीक चिन्ह्हरूलाई स्टोर तत्काल स्थापना नगरिने भएपछि अन्य सामग्रीले पुरी नदेखिने बनाइएका छन् । 

क्यानाडाको सुप्रसिद्ध कपडा ब्राण्ड ‘क्यानाडा गुस’ ले चिनियाँ नागरिक तथा चिनियाँ टेलिकम कम्पनी हुवावेकी आर्थिक मामिला प्रमुख मेङ वाङ्जाओलाई पक्राउ गरिएको दुई हप्ता पुग्दै गर्दा यो घोषणा गरेको हो ।

वासिङ्टनको अनुरोधमा क्यानाडामा पक्राउ गरिएकी मेङलाई अमेरिकाद्वारा नाकाबन्दी लगाइएको देश इरानमा कारोबार गरेको र प्रतिबन्धको अवज्ञा गरेको भन्दै अमेरिकालाई सुपुर्दगी गराउन चाहेको थियो । 

यसैको प्रतिरोधस्वरूप चीनले पनि दुई क्यानेगाली नागरिकहरू, ब्यवसायिक परामर्शदाता मिखाइल स्पाभोर र पूर्व कूटनीतिज्ञ मिखाइल कोभरिगलाई, ‘राष्ट्रिय सुरक्षामा क्षति पु¥याएका’ आरोपमा गत सोमबार पक्राउ परेपछि दुई देशको सम्बन्धमा समस्या आएको स्पष्ट देखिएको विज्ञहरूले बताएका छन् । 

यद्यपि दुबै देशका अधिकारीले उनीहरूको पक्राउलाई प्रतिरोधको स्वरूप भनेर औपचारिक रूपमा जनाएका छैनन् । उनीहरूबीच विवादलाई आन्तरिक रूपमा कूटनीतिक पहलबाट समाधान प्रयास भइरहेको बताइएको छ । 

‘क्यानाडा गुस’ ले आफ्नो कम्पनीलाई हुवावेकी मेङको पक्राउका कारण कुनै समस्या चीनबाट नआएको बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप