बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

जर्मनको डेउत्से बाहन रेलसेवाद्वारा कर्मचारी यूनियनसँग सम्झौता

शनिबार, २९ मङ्सिर २०७५, २० : ३९
शनिबार, २९ मङ्सिर २०७५

जर्मनी । जर्मनीको रेलसेवा सञ्चालक डेउत्से बाहन र उक्त कम्पनीका मुख्य कर्मचारी यूनियनबीच तलबमानमा पुनरावलोकन गर्नेबारे शनिबार एक सम्झौता भएको उक्त कम्पनीले जनाएको छ । 

गत हप्ता कर्मचारी तथा श्रमिकको ज्याला कम भएको भनी गत हप्ता उक्त रेलसेवाका कर्मचारीले सेवा नै ठप्प पारी आन्दोलनमा उत्रिएपछि रेल सञ्चालक कम्पनीले उनीहरूको मागलाई सम्बोधन गर्न बाध्य भएको हो । 

इभिजीका कर्मचारी यूनियनसँग रेलसेवामा आवद्ध करिब एक लाख ६० हजार डेउत्से बाहनका कर्मचारी रहेका छन् । सहमति अनुसार कम्पनीले विभिन्न चरणमा गरी ६।१ प्रतिशत तलव वृद्धि गर्ने सहमति भएको रेलसेवा प्रदायक कम्पनी डेउत्से बाहनले जनाएको छ । 

सहमति अनुसार रेलले कर्मचारीको तलबमा ३।५ प्रतिशत आगामी सन् २०१९ को जुन मा वृद्धि गरिने र बाँकी २।६ प्रतिशत तलम रकम वृद्धि आगामी सन् २०२० को जुलाईमा वृद्धि हुनेछ । 

कर्मचारीले ७।५ प्रतिशत तलव वृद्धिको माग गरेको तर कम्पनीले मात्रै ५।१ प्रतिशत तलब बढाउन सहमत भएपछि यूनियनले अन्दोलनको घोषणा गरेको थियो । तर दुवै पक्षले ६।१ प्रतिशतमा सहमति जनाएपछि आगामी दिनमा रेलसेवामा समस्या नगर्ने यूनियनले प्रतिवद्धतासमेत जाहेर गरेको छ । 

सम्झौताको अर्को शर्त अनुसार हरेक कर्मचारीलाई पहिलो चरणको तलव वृद्धि पहिले एकमुष्ट रकम एक हजार १३० दिन कम्पनीले सहमति जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप