शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी लयमा फर्कियो

शनिबार, २९ मङ्सिर २०७५, २० : १८
शनिबार, २९ मङ्सिर २०७५

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी फेरि लयमा फर्किएको छ । लिग अन्तर्गत शनिबार बेलुका भएको खेलमा चेल्सीले एभर्टनलाई ३–१ गोलले हरायो । 

१५ औं खेलसम्म अपराजित रहेको सिटी अघिल्लो (१६औं) खेलमा चेल्सीसँग २–० गोलले पराजित भएपछि झस्किएको थियो । तर, सिटीले आफ्नो क्षमतालाई शनिबार फेरी प्रमाणित गरेको छ ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जेससले २२औं र ५०औं मिनेटमा गोल गरे । अर्को गोल रहिम स्टर्लिङले ६९औं मिनेटमा गरेका थिए । एभर्टनका डोमिनिक कल्भर्ट लेविनले ६५औं मिनेटमा एक गोल फर्काएका थिए । 

जितसँगै १७ खेलबाट ४४ अंक बनाएको सिटी फेरी शीर्ष स्थानमा फर्किएको छ । २४ अंक बनाएको एभर्टन सातौं स्थानमा छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ४२ अंक छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप